सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८१–८२ को वार्षिक नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
त्यसको लागि दिउँसो ३ बजे बस्ने गरी प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक आह्वान गरिएको छ ।
संघीय संसद्का सबै सदस्यलाई दिनको २ः४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भई आ–आफ्नो आसन ग्रहण गरिसक्न संसद् सचिवालयले अनुरोध गरेको छ ।
