नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा दिउँसो २ बजे बस्ने गरी संसदीय दलको बैठक आह्वान गरिएको हो ।
त्यसअघि सभापति एवम् दलका नेता शेरबहादुर देउवाले संसदीय दल कार्यसमितिको बैठक आह्वान गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
उनका अनुसार, कार्यसमिति बैठक दिउँसो १ बस्ने गरी बोलाइएको हो ।
कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि लागेको आरोपका सम्बन्धमा छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने अडान राख्दै आएको छ । कांग्रेसले बजेट अधिवेशन सुरु भएपछि संघीय संसद्का दुवै सदनमा उक्त विषयलाई लिएर अवरोध गर्दै आएको छ ।
