निर्वाचन आयोगले अशोक राई नेतृत्वको नयाँ दल दर्ता गर्ने

तु खबर संवाददाता
२०८१ बैशाख २४, सोमबार १७:५२

काठमाडौं । निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी दर्ता गर्ने निर्णय गरेको छ ।

आयोगको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताए ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट विद्रोह गरेका नेताहरूले आइतबार नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए ।

आयोगका सूचना अधिकारी घिमिरेका अनुसार, राजनीतिक दलसम्बन्धी ऐन तथा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम ५ बमोजिम दल दर्ता गर्ने निर्णय भएको हो ।

नयाँ दलको नाम जनता समाजवादी पार्टी रहेको छ ।