आगलागी पीडितलाई तत्काल राहत दिन कांग्रेसको माग
काठमाडौं । नेपाली कांग्रेसले आगलागीबाट पीडितलाई तत्काल राहत दिन सरकारसँग माग गरेको छ । कांग्रेसले आगलागी पीडित परिवारलाई तत्काल राहत, क्षतिपूर्ति तथा बसोवासको यथोचित प्रबन्ध गर्न सरकारसँग माग गरेको हो ।
शुक्रबार कांग्रेस केन्द्रीय पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा पार्टी सभापति शेरबहादुर देउवाले आगलागी भएका क्षेत्रहरूमा तत्काल आगलागी नियन्त्रण गर्न प्रभावकारी उपायहरू अवलम्वन गर्न सरकारसँग आग्रह गरे ।
यस्तै, आगलागी प्रभावित जिल्लाका नेपाली कांग्रेस तथा भ्रातृ एवम् शुभेच्छुक संस्थाका सबै तहमा एक आपसमा समन्वय गरी सम्पूर्ण सांगठनिक संरचनाका साथीहरूलाई परिचालन गरी उद्धार, राहत र उचित बसोबासको व्यवस्थापनको कार्यमा सहयोग पुर्याउन समेत देउवाले निर्देशन दिएका छन् ।
