कर्णालीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने कांग्रेसको निर्णय

तु खबर संवाददाता
२०८१ बैशाख १३, बिहीबार १७:२२

सुर्खेत । नेपाली कांग्रेसले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

बिहीबार दिउँसो बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेलले आफूलाई विश्वासको मत दिन सबै दलहरुलाई आग्रह गरेका थिए ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले प्रदेश सभा वैठकमा बोल्दै विश्वासको मत नदिने घोषणा गरेका हुन् ।

गत चैत्र २७ गते एमालेबाट मुख्यमन्त्री बनेका कँडेलले संवैधानिक प्रावधान अनुरुप आज विश्वासको मत लिँदैछ ।

कर्णाली प्रदेश सभा ४० सदस्य छन् । जसमा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रका एक÷एक सांसद रहेका छन् ।