कम्युनिष्ट एकता गर्न हतार छैनः प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट शक्तिबीच एकता गर्न हतार नभएको बताएका छन् ।
आज ललितपुरको गोदावरीमा नेकपा एमालेको आयोजनामा भएको हिरक जयन्तीको अवसरमा उनले विगतमा कम्युनिस्ट एकताको नाममा हौसिँदा र हतार गर्दा एकता नटिकेको बताए ।
उनले भने, ‘हामी अहिले पहिलाको जस्तो हतारमा, हौसिएर कम्युनिष्ट एकता भन्ने पक्षमा छैनौँ । हामी त्यो बेलामा अलि बढी हौसिएछौँ कि, समय भन्दा अगाडि नै दौडिएछौँ कि भन्ने हेक्का राख्नुपर्ने ठान्छु मैले’, उनले भने ।
अहिले एमाले, माओवादी, एकीकृत समाजवादीसहितका दलहरु सत्ता सहकार्यमा छन् । प्रचण्डले यो सहकार्यलाई अगाडि बढाउँदै लैजाँदा एकताको आधारभूमि आफैं तयार हुने बताए ।
