राप्रपाद्वारा डाँगीलाई सहिद घोषणा गर्न माग

तु खबर संवाददाता
२०८१ बैशाख ३, सोमबार १८:०१
file-photo

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्व. ठाकुरप्रसाद डाँगीलाई सहिद घोषणा गर्न माग गरेको छ ।

सोमबार बिहान मृत्यु भएको डाँगीको निधनले राप्रपालाई ठुलो क्षति पुगेको भन्दै राप्रपाले सहिद घोषणा गर्न र परिवारलाई क्षतिपूर्ति प्रदान गर्न सरकारसँग माग गरेको हो ।

साथै राप्रपाले संविधान प्रदत्त अधिकारको उपभोग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएकाहरूमाथि भएको प्रशासनिक दमन निन्दा गरेको छ ।

गत चैत्र २७ गते काठमाडौं केन्द्रीत प्रदर्शनको क्रममा गम्भीर घाइते भएका डाँगीको सोमबार बिहान उपचारको क्रममा मृत्यु भएको थियो । उनको छाउनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

राप्रपाले उनको निधनमा पार्टीको ७७ वटै जिल्ला कार्यालयमा ३ दिन पार्टीको झण्डा आधा झुकाउने र १३ औं दिनको पुण्य तिथिमा केन्द्रसहित सबै जिल्लामा शोक सभा गर्ने निर्णय गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताए ।