सूचना प्रविधि समितिको बैठक आज बस्दै

तु खबर संवाददाता
२०८१ बैशाख ३, सोमबार ०८:१९
file-photo

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्ने भएको छ ।

बैठक आज मध्यान्ह साढे १२ बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको हो ।

सो बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल हुने जनाइएको छ ।