सरकारद्वारा ५ सचिवको सरुवा
काठमाडौं । सरकारले ५ जना सचिवहरुको एकै पटक सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयका कार्यरत पाँच सचिवको सरुवा गरेको हो ।
जसअनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सचिव दिनेश भट्टराई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएका छन् ।
यस्तै, महिला बालबलिका मन्त्रालयका सचिव सुमनराज अर्याल युवा तथा खेलकुद मन्त्रालयमा र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेल राष्ट्रिय तथ्यांक कार्यालयमा सरुवा भएका छन् ।
यसैगरी, उपराष्ट्रपति कार्यालयका सचिव मुकुन्दप्रसाद निरौला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा भएका छन् ।
