आजबाट संसद्को हिउँदे अधिवेशन अन्त्य हुँदै
काठमाडौं । संसद्को हिउँदे अधिवेशन आजबाट अन्त्य हुँदैछ । चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको हो ।
गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबार रातिबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सोही अनुरुप हिउँदे अधिवेशन अन्त्य हुने भएको हो ।
