प्रतिनिधि सभा बैठक बुधबारसम्मका लागि स्थगित
काठमाडौं । प्रतिनिधि सभाको बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ । बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।
आज बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद् अवरोध गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।
त्यसपछि उनले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । छलफलमा सहमति नजुटेपछि बुधबारसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गरिएको हो ।
प्रमुख प्रतिपक्षी कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गरेर केही दिनदेखि संसद् अवरोध गर्दै आइरहेको छ ।
