उपनिर्वाचन: उम्मेदवारको अन्तिम नामावली आज सार्वजनिक हुँदै
काठमाडौं । आसन्न उपनिर्वाचन अन्तरगत आज उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुँदैछ ।
निर्वाचन आयोगले उपनिर्वाचन अन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने भएको हो ।
जसअनुसार, बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको हो ।
यस्तै, आयोगले आज दिउँसो ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरी साँझ ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने जनाएको छ ।
आगामी वैशाख १५ गते २०८१ मा इलामको प्रतिनिधि सभा क्षेत्र नम्वर २ र बझाङको प्रदेश सभा क्षेत्र नम्वरमा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि इलाम–२ मा २० जना र बझाङ १ (१)मा १२ जनाले उम्मेदवारी दिएका छन् ।
