उपनिर्वाचनका लागि मतदान स्थल तोक्यो

तु खबर संवाददाता
२०८० चैत्र २३, शुक्रबार १५:२७

काठमाडौं । निर्वाचन आयोगले आसन्न उपनिर्वाचनको लागि मतदान स्थल तोकेको छ ।

आयोगले इलाम–२ को प्रतिनिधि सभा र बझाङ–१ को प्रदेश सभामा आगामी वैशाख १५, २०८१ मा हुने उपनिर्वाचनका लागि मतदान स्थल तोकेको हो ।

आयोगले अनुसार, देशभर १० हजार ८९२ मतदान स्थल तोकेको हो । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले मतदान स्थल र मतदान केन्द्रहरुलाई अन्तिम रुप दिएको हो ।

इलाम–२ मा ७९ मतदान स्थल र १४९ मतदान केन्द्र रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

यस्तै, बझाङ–१ को प्रदेशसभा निर्वाचन क्षेत्रमा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र तोकिएको उनले बताए ।