उम्मेदवार तय गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

तु खबर संवाददाता
२०८० चैत्र २२, बिहीबार ०८:२३

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहान ९ बजे बस्ने गरी आह्वान गरिएको हो ।

यसअघि बुधबार दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म छलफल हुँदा पनि उपनिर्वाचनको उम्मेदवार टुंगो नलागेपछि आज पुनः बैठक बस्न लागेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

उपनिर्वाचनको उम्मेदवार टुङ्ग्याउन सभापति देउवा तीन दिनदेखि नियमित छलफलमा छन् ।

इलाम—२ र बझाङ प्रदेशसभा—१ को उपनिर्वाचनका उम्मेदवार टुंग्याउन कांग्रेसमा चर्को रस्साकस्सी देखिएको छ ।