कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक आज पनि बस्ने गरी आह्वान गरिएको छ । आसन्न उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाउन कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो ।
बैठक आज दिउँसो २ बजे बस्ने गरी बोलाइएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
यसअघि हिजो साँझ बसेको बैठकमा सभापति शेरबहादुर देउवा र शेखर–गगन पक्षबिच उम्मेदवार चयनमा विवाद भएपछि कुनै निर्णय लिइएको थिएन ।
सभापति देउवाले बैठकमा इलाम–२ मा डम्बर खड्का र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र १ मा अभिषेक सिंहलाई उम्मेदवारका रूपमा प्रस्ताव गरेका थिए ।
सभापति देउवाको प्रस्तावमा नेता शेखर कोइराला र महामन्त्री गगन थापाले असहमति जनाएपछि उम्मेदवारको टुङ्गो लाग्न सकेको थिएन ।
