प्रतिनिधि सभा बैठक बस्दै
काठमाडौं । संघीय संसद्को प्रतिनिधि सभा बैठक आज बस्ने भएको छ । बैठक सोमबार बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको छ ।
बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
यस्तै, आजको बैठकमा वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् महासचिव पद्य प्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा रहेको जनाइएको छ ।
