इलाम–२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने राप्रपाको निर्णय

तु खबर संवाददाता
२०८० चैत्र १५, बिहीबार १७:१८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम–२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बिहीबार बसेको पार्टीको संसदीय समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले आगामी बैशाख १५, २०८१ मा इलाम–२ मा हुने उपनिर्वाचनका लागि गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

यस क्षेत्रबाट निर्वाचित नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २५ गते राति हृदयघातका कारण निधन भएको थियो ।

उनको निधन भएपछि रिक्त रहेको उक्त पदमा निर्वाचन हुन लागेको हो ।