गगन थापाको दोस्रो चरणको संवाद यात्रा सुरु

तु खबर संवाददाता
२०८० चैत्र १५, बिहीबार १०:२४

नवलपरासी । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको दोस्रो चरणको संवाद यात्रा सुरु भएको छ । महामन्त्री थापाले बिहीबार बिहान नवलपरासीको गौरीगञ्जबाट पुनः संवाद यात्रा सुरु गरेका हुन् ।

सो क्रममा उनले स्थानीय चोकमा रहेको बिपी कोइरालाको प्रतिमामा माल्यार्पण गरेका थिए ।

यसअघि गत माघ १३ गते झापाको मेची पुलबाट सुरु भएको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जमै पुगेर स्थगित भएको थियो ।

दोस्रो चरणको संवाद यात्रा बिहीबार, शुक्रबार र शनिबार नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेका विभिन्न ठाउँहरूमा हुने जनाइएको छ ।

संवाद यात्रामा स्थानीयसँग छलफल गर्ने र यात्राका क्रममा आफूले बोल्नेभन्दा पनि स्थानीयका कुरा सुन्ने, विकास निर्माणका कार्यहरूको निरीक्षण गर्ने, स्थानीयको घरदैलोमा पुग्ने महामन्त्री थापाको योजना रहेको छ ।