आज एकैपटक ६ संसदीय समितिको बैठक बस्ने

तु खबर संवाददाता
२०८० चैत्र ८, बिहीबार ०८:५४
file-photo

काठमाडौं । आज एकैपटक ६ वटा संसदीय समितिको बैठक बस्ने भएको छ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ ।

त्यस्तै, साढे ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, बिहान १० बजे कानुन, न्याय तथा मानव अधिकार समिति, साढे १० बज महिला तथा सामाजिक मामिला समितिको बैठक बस्ने भएको छ ।

यसैगरी, बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समिति, बिहान ११ बजे कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्ने गरी आह्वान गरिएको छ ।