प्रतिनिधि सभा बैठक आज पनि बस्दै

तु खबर संवाददाता
२०८० चैत्र ६, मंगलवार ०९:०६
file-photo

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे संघीय संसद्को भवन नयाँ बानेश्वरमा बस्ने गरी बोलाइएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाएको भन्दै पटक–पटक संसदमा प्रधानमन्त्रीको जवाफ माग्दै आएको थियो ।

यसअघि प्रतिनिधि सभाको हिजोको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि छलफल भएको थियो ।