प्रतिनिधि सभाको बैठक सोमबारसम्मका लागि स्थगित
काठमाडौं । प्रतिनिधि सभा बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ । आइतबार बसेको बैठकमा शोक प्रस्ताव पारित भएसँगै बैठक सोमबार ११ बजेसम्मका लागि स्थगित भएको हो ।
प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनपछि आइतबारको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित गरिएको हो ।
जसपा सांसद शर्मा अन्सारीको उपचारको क्रममा आइतबार बिहान मिनभवनस्थित सिभिल अस्पतालमा निधन भएको थियो ।
अन्सारीको ६० वर्षको उमेरमा निधन भएको हो । अन्सारी २०७९ साल चैत १९ गते प्रतिनिधि सभा सदस्य चयन भएकी थिइन् ।
