प्रतिनिधि सभामा संघीय निजामती सेवा विधेयक पेस

तु खबर संवाददाता
२०८० चैत्र १, बिहीबार १६:५२
file-photo

काठमाडौं । प्रतिनिधि सभामा संघीय निजामती सेवा विधेयक, २०८० पेस भएको छ । उक्त विधेयक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले बिहीबार प्रतिनिधि सभामा पेस गरेका हुन् ।

संघीय निजामती सेवाको गठन, संचालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक गत फागुन २१ गते संसद् सचिवालयमा दर्ता भएको थियो ।

कर्मचारीको सेवा सर्त र सुविधासम्बन्धी कानुनलाई संघीयता अनुरूप संचालन गर्न आवश्यक रहेको भन्दै सो विधेयक तयार पारेको हो ।