सिन्धुलीमा जातीय विभेद विरुद्ध अन्तरक्रिया
सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा जातीय विभेद विरुद्ध सरोकारवालासँग अन्तरक्रिया गरिएको छ ।
सोमबार प्रमुख जिल्ला अधिकारी भरत खनालको अध्यक्षता तथा दलित आयोगका सदस्य माननीय सुन्दर पुर्कुटीको उपस्थितिमा जातीय विभेदविरुद्ध सरोकारवालासँग छलफल भएको हो ।
अन्तरक्रिया कार्यक्रमममा सिन्धुलीमा जातीय छुवाछुत सम्बन्धि घटनाका बारेमा जानकारी तथा छलफल, थर परिवर्तन गरेर नागरिकता बनाउने सम्बन्धि छलफल र दलितका मुद्धाहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई सुझाव दिइएको थियो ।
छलफलमा प्रहरी उपरिक्षक राजकुमार सिलवाल, सहायक प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेल, जिल्ला अदालथका स्रेस्तेदार विदुर कोईराला, दलित सेवा संघ सिन्धुलीका अध्यक्ष हेमलाल विकलगायत सरोकारवालहरुको सहभागिता रहेको थियो ।
