मकवानपुरमा आन्तरिक राजस्वतर्फ २ अर्ब ९३ करोड असुली
हेटौंडा । आन्तरिक राजस्व कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा विभिन्न स्रोतको राजस्ववापत् २ अर्ब, ९३ करोड, १३ लाख, १९ हजार रुपैयाँ राजस्व असुली गरेको छ ।
सो कार्यालयका अनुसार उक्त अवधिभित्र अन्तः शुल्क १ अर्ब, ६१ करोड, ४८ लाख, २७ हजार रुपैयाँ, आयकर तर्फ ४८ करोड, ८८ लाख रुपैयाँ र भ्याट कर तर्फ ४९ करोड ९० लाख ६८ हजार रुपैयाँ राजस्व असुली भएको हो ।
त्यसैगरी ब्याज करतर्फ ४ करोड, ५ लाख, ८१ हजार रुपैयाँ, घर बहालतर्फ रु.७८ लाख, ९२ हजार र स्वास्थ्य सेवा करतर्फ २८ लाख, १४ हजार, १ सय रकम पनि राजस्वमा आम्दानी गरिएको सो कार्यालयले जनाएको छ ।
आन्तरिक राजस्व कार्यालय, मकवानपुरका प्रमुख तुल्सी प्रसाद भट्टराईले संघीय सरकार अन्तर्गत रहेको उक्त कार्यालयले वार्षिक लक्ष्य अनुसारकोे राजस्व असुलीमा प्रदेशको स्थानीय निकायको पदाधिकारीहरुले संघीय सरकारको कार्यालयकोबिच आपसी समन्वय र सहकार्यबाट मात्र नभई आफ्नो अधिकारको उपयोग गर्दा मकवानपुरको हेटौंडामा रहेको गोरखालारी चुरोट उद्योग, मदिरा उद्योग लगायतले खपत गर्दै आएको आ–आफ्नो उत्पादनहरुकाठमाडौ लगायत विभिन्न सहरमा उपभोक्ताहरुलाई बिक्री वितरण गर्न केही समयदेखी रोक लगाइएको हुँदा अहिले राजस्व अन्तःशुल्कतर्फ असुली मानिकै कठिनार्ई भोग्नु परेको बताउनुभयो ।
उहाँले हेटौडा सिमेन्ट उद्योग, शिवम् सिमेन्ट उद्योग र ऋद्धिसिद्धि सिमेन्ट उद्योगबाट पनि उत्पादित सिमेन्टहरु अहिले काठमाडौं लगायत विभिन्न सहरहरुमा उपभोक्ताहरुले खरिद गर्ने प्रक्रियामा निकै कमी आएको हुँदा सरकारको राजस्व असुली गर्ने कार्यमा अहिले समस्या आइपरेको र सम्बन्धित उद्योगका व्यवस्थापकलाई कडा निर्देशन बमोजिम कारवाही गर्न नसकिएको जानकारी दिए ।
