एमाले संसदीय दलको बैठक आज पनि बस्दै
काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज पनि बस्दैछ । हिजो सुरु भएको बैठक आज समापन हुने एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।
यसअघि हिजो बसेको बैठकमा अध्यक्ष केपी ओलीले सांसदहरूले संसद्मा खेल्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिएका थिए ।
आज संसदमा प्रतिपक्षको हैसियतले कसरी प्रभावकारी भूमिका निर्वाह गर्ने भन्नेबारेमा दलको नेताले ब्रिफिङ गर्ने तयारी छ ।
संसद्को हिउँदे अधिवेशन यही माघ २२ गतेबाट बस्दै छ । यो अधिवेशनमा संघीयता कार्यान्वयन, शान्ति प्रक्रिया लगायत महत्त्वपूर्ण कानुनहरू बनाउने विधेयक अघि बढाउने सरकारको तयारी रहेको छ ।
