भानु माविको अध्यक्षमा चौलागाईँ सर्वसम्मत
मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर–३ मक्रान्चुलीमा रहेको श्री भानु माद्यमिक विद्यालयकोे अध्यक्षमा खिल प्रसाद चौलागाईं चयन भएका छन् । साही विद्यालयका पूर्व शिक्षक तथा पूर्व व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका चौलागाईं सर्वसम्मत रुपमा चुनिएका हुन् ।
त्यस्तै समितिको सदस्यहरुमा सन्तु थिङ, हेम कुमारी संजेल, लक्ष्मण भट्टराई, दिलिप लोप्चन र रुक्मणी ढुङ्गाना चुनिएका छन् ।
९ सदस्यीय समितिको सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक रहने व्यवस्था छ । शिक्षकहरुको तर्फबाट एकजना शिक्षक प्रतिनिधि र सम्बन्धित वडाका वडा अध्यक्ष वा प्रतिनिधि पनि समितीमा रहने छन् ।
