अंगारेश्वर टोल विकास संस्थाको प्रथम वार्षिक साधारण सभा

तु खबर संवाददाता
२०८० माघ १७, बुधबार १७:०३

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर– १७ स्थित अंगारेश्वर टोल विकास संस्थाले प्रथम वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा संस्थाका तदर्थ समितिका अध्यक्ष सिताराम वाइवाकै नेतृत्वमा ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा रमा खड्का, सचिवमा सन्तोषी खड्का, कोषाध्यक्षमा सीता दाहाल, सह–सचिव शारदा अधिकारी, र सदस्यहरू क्रमशः बिना दाहाल, वीरबहादुर गोङ्बा, सेती कुमारी गोङ्बा, मनिषा गोङ्बा, अर्चना पुडासैनी र गोमा तिमल्सिना निर्वाचित भएका छन् ।

हेटौंडा १७ का वडा सदस्य कृष्णबहादुर अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका सामाजिक महाशाखाका प्रतिनिधि, लेखापाल रामचन्द्र बानियाँ, सल्लाहकार कमलबहादुर विष्ट, हटिया साकोसका अध्यक्ष रमेशकुमार राना, र हेटौंडा उपमहानगरपालिकाका समन्वय समिति सदस्य देवराज अधिकारीले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा हेटौंडा १७ को खेलकुद तथा युवा विकास समितिले आयोजना गरेको ‘प्रथम वडाध्यक्ष कप रनिङ सिल्ड फुटबल प्रतियोगिता – २०८०’ मा खेल समूह सहभागी गराउन आर्थिक सहयोग गर्नुहुने व्यक्ति तथा संस्थाहरु क्रमशः सन्तोष थापामगर, बाबु सिङ्तान लामा, सूर्य बहादुर पाख्रिन , नविन विष्ट, महेश गोङ्बा र बि. एन. के. स्नुकरलाई सम्मान–पत्र प्रदान गरिएको थियो ।

भेलाले अध्यक्ष सिताराम वाइवा र कोषाध्यक्ष सीता दाहालले प्रस्तुत गरेकोे प्रतिवेदन पारित गरेको छ ।