मकवानपुरगढी जेसीजमा पुडासैनी पदस्थापित
मकवानपुर । मकवानपुरगढी जेसीजको वर्ष सन् २०२४ का अध्यक्ष विजय पुडासैनी पदस्थापित भएका छन् । सोमबार हेटौडामा आयोजित कार्यक्रममा पुडासैनी पदस्थापित भएका हुन् । कार्यक्रममा वर्ष सन् २०२३ का अध्यक्ष पुष्पराज पुडासैनीले वर्ष २०२४ का अध्यक्ष विजय पुडासैनीलाई पदभार हस्तान्तरण गरेका हुन् ।
सो कार्यक्रममा बागमती प्रदेश सामाजिक विकासमन्त्री कुमारी मुक्तानले युवाहरुको नेतृत्व क्षमताको विकासमा जेसीजको महत्वपूर्ण भूमिका रहेको बताइन् । सोही अवसरमा वर्ष सन् २०२३ का पदाधिकारी र सहयोगी विभिन्न संघ संस्थालाई सम्मान एवम् पुरस्कार वितरण गरिएको थियो ।
मकवानपुरगढी जेसीजको हालै सम्पन्न साधारणसभाबाट वर्ष २०२४ को लागि अध्यक्षमा विजय पुडासैनीसँगै महासचिवमा सुवास अधिकारी लगायत चयन भएका थिए ।
कार्यक्रममा मकवानपुरगढी जेसीजलाई सहयोग पुर्याउने विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कृत गर्ने क्रममा संस्थापक अध्यक्ष पुष्पराज पुडासैनीले आफ्नो हजुरबुवाको नाममा स्थापना गरेको रु ५ हजार राशीको बुद्धिप्रसाद पुडासैनी स्मृती पत्रकारिता पुरस्कारबाट पत्रकार एमपी शर्मालाई पुरस्कृत गरिएको थियो ।
पदस्थापन कार्यक्रममा बागमती प्रदेस सभा सदस्य प्रेमबहादुर पुलामी छिन्तु, हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँलगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

