मकवानपुर भाँडा व्यवसायी संघमा चौलागाईँ

हेटौंडा । मकवानपुर भाँडा व्यवसायी संघको नेतृत्वमा रामकृष्ण चौलागाईँ सर्वसम्मत चयन भएका छन् ।
हेटौंडामा शनिवार सम्पन्न पाँचौ वार्षिक साधारणसभा तथा अधिवेशनले १० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
अध्यक्ष पदमा बाहेक अन्य सबै पदमा निर्विरोध भएको हो ।
प्रतिस्पर्धी भीमराज शाक्यलाई पराजित गर्दै दुई वर्षे कार्यकालका लागि चौलागाईँ अध्यक्ष निर्वाचित भएका हुन् ।
चौलागाईँ नेतृत्वमा भएको समितिमा उपाध्यक्ष राजकुमार श्रेष्ठ र कृष्णकुमार कंसाकार, सचिवमा कृष्णप्रसाद दाहाल, कोषाध्यक्षमा विक्रम ढकाल रहेका छन् भने सदस्यहरुमा होमनाथ चौलागाईँ, पवन कुमार कंशाकार, शंकर कंशाकार, राजेन्द्र पिठकोती र विजेन्द्र सिंह चयन भएका छन् ।