झरनाको बदामसँग कविता कार्यक्रम
मकवानपुर । मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवार (झसाप) मकवानपुरले बदामसँग कविता कार्यक्रम आयोजना गरकोे छ ।
झसापको २९८ औँ साहित्य शृङ्खलाका अवसरमा शुक्रबार हेटौँडा–१७ मा रहेको जुरेथुम पर्यटकीय पार्कमा करिब तीन दर्जन सर्जकहरुले बदाम र सुन्तला खाँदै कविता वाचन गरेको संस्थाका अध्यक्ष विश्वनाथ सञ्जेलले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि नियात्राकार निर्मोही व्यासले यात्राले काव्य लेखनमा सहजता प्रदान गर्ने भन्दै झरनाले राम्रो काम गरिरहेकोमा संस्थाको प्रशंसा गरे ।
कार्यक्रममा संस्थाका संरक्षक रमेशमोहन अधिकारी, सल्लाहकार दीपक गौतम, साहित्यकार समिर पाख्रिन, पुरुषोत्तम आचार्य, डिबि बर्तौला, सानु खनाल, सुवास खनाल, भावना सापकोटा, बैकुण्ठ लामिछाने, सागर तिमल्सिना, सुबास सजल, किशन पोडेल, गोकर्ण लामा, स्वस्तिका बानियाँ, देव निर्दोष, गायत्री रुपाखेति, विश्व राई, सन्तराम राई, अजर फुयाँल, ओमभक्त भण्डारीलगायत सर्जकहरूले रचना बाचन गरेका थिए ।
कार्यक्रममा संस्थाका संरक्षक उद्धवप्रसाद सापकोटा, सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, मुक्तककार मिथिला अधिकारी, साहित्य सङ्गमका कोषाध्यक्ष मेनु तिमल्सिनालगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा झरना साहित्यिक परिवारले प्रकाशन गर्दै आएको झरना साहित्यिक अर्धबार्षिक पत्रिका झरना को ४० औँ अङ्क पनि विमोचन गरिएको थियो ।
संस्थाका अध्यक्ष विश्वनाथ सञ्जेलको अध्यक्षतामा भएको कार्यक्रमलाई सचिव मसान उपासकले सहजिकरण गरेका थिए ।
झसाप, मकवानपुरले हरेक महिना नियमित साहित्य शृङ्खला गर्दै आएको छ । झसाप, मकवानपुरले आगामी महिना बकैया गाउँपालिकामा बिद्यार्थीहरूका लागि चित्रकला तथा हस्तकला सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने संस्थाका सह–सचिव सन्तराम राईले बताए ।
