पृथ्बी जयन्तीमा राप्रपा मकवानपुरद्वारा रक्तदान कार्यक्रम

तु खबर संवाददाता
२०८० पुष २७, शुक्रबार १४:३४

मकवानपुर । ३०२ औँ पृथ्बीजयन्तीको अवसरमा राप्रपा मकवानपुरले आज हेटौंडामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
राप्रपाका केन्द्रीय सदस्य नवराज विष्टले रक्तदान गरी रक्तदान कार्यक्रम सुभारम्भ गरेका थिए ।

राप्रपाका नेता तथा कार्यकर्ताहरुसहित स्थानीय समाजसेवी र व्यापारी गरी ३५ जनाले रक्तदान गरेका छन् ।

रक्तदान कार्यक्रमबाट संकलित रगत हेटौंडा ब्लड बैँकलाई उपलब्ध गराइएको राप्रपा मकवानपुरका कार्यबाहक अध्यक्ष सागर थापाले जानकारी दिए ।

त्यसैगरी पृथ्बीजयन्तीकै अवसरमा राप्रपा नेपालले पनि आज हेटौंडामा कार्यक्रम आयोजना गरेको थियो ।