सुनको मूल्य घट्यो
काठमाडौँ । बुधबार सुनको मूल्य घटेको छ । सुनचाँदी व्यावसायी महासंघका अनुसार १०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १८ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ ।
आज तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । बुधबार चाँदी प्रतितोला १४ सय १० रूपैयाँमा कारोबार भएको र यसअघि मंगलबार प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।
