हेटौँडामा काँडेतारको विशेष प्रदर्शनी हुने

तु खबर संवाददाता
२०८० पुष २४, मंगलवार १७:४३

मकवानपुर । हेटौंडामा नेपाली चलचित्र काँडेतारको विशेष शो प्रदर्शन हुने भएको छ । सामाना फिल्मस् प्रा.लिको आयोजनामा आगामी पुस २७ गते चलचित्र काँडेतार प्रदर्शन हुने भएको हो ।

मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै चलचित्रका निर्देशक नवल खड्काले नेपाल र भारतको खुला सीमाका कारण झडपमा परी मृत्यु भएका परिवार तथा घाइतेहरुको लागि सहयोगार्थ च्यारिटी शो गर्न लागिएको बताए ।

देशको माटो र नेपाली मान्छे जोगाउनुपर्छ भन्ने भाव चलचित्रमा रहेको भन्दै खुल्ला सीमानाका कारण निम्त्याइएको समस्या चलचित्रको कथासार रहेको निर्देशक खड्काले बताए । देशको ६० भन्दा बढी शो प्रदर्शन गरिसकेको र आगामी फागुन २७ गते चलचित्र देशभर प्रदर्शन हुने उनले बताए ।

च्यारेटी शो भने आगामी पुस २७ गते नारायणी मल अवस्थित एनएस सिनेमा हलमा दिउँसो साढे बजेको शोमा काँडेतार प्रदर्शन गरिने निर्देशक खड्काले बताएका छन् । नेपाल भारतको सीमा विवाद, सीमामा हुने झैझगडाको विषयमा चलचित्र निर्माण गरिएको बताउँदै चलचित्रलाई सत्यकला राई, मकिको राई र अञ्जु केसी निर्माताको रुपमा रहेका जनाइएको छ ।

नवल खड्का, गौरव पहारी, सुरविना कार्की, रेविका गुरुङ, मुलरीधर, प्रशान्त यादव, प्रेम सुब्बा लगायतको कलाकारहरुको अभिनय रहेको चलचित्रमा नवल खड्काको कथा तथा निर्देशन रहेको छ । कविराज गहतराजको नृत्य निर्देशन, श्री श्रेष्ठको द्धन्द, तारा थापा र बन्दे प्रसादको सम्पादन रहेको चलचित्रलाई सौरव लामाले खिचेका हुन् ।

चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका अध्यक्ष कपिल खड्काको अध्यक्षतामा भएको हो ।