हतकडिसहित फरार भएका थुनुवा समातिए

तु खबर संवाददाता
२०८० पुष १९, बिहीबार ०९:५९

काठमाडौँ । काठमाडौं जिल्ला अदालत परिसरबाट हतकडीसहित फरार भएका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार जिल्ला अदालत काठमाडौं परिसरबाट भागेका विमल खड्कालाई आज बिहान दुवाकोटबाट पक्राउ गरिएको हो ।

डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भुले खड्कालाई पक्राउ गरेको थियो । सो मुद्दामा कारागार चलान भएका खड्कालाई महाराजगञ्ज प्रहरीमा परेको अर्को मुद्दाको सिलसिलामा प्रहरीले हिजो अदालत लगेको थियो । त्यही बेला प्रहरीको आँखा छलेर परार भएका उनलाई आज बिहान दुवाकोटबाट पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका एक अधिकृतले बताए ।