जिल्ला अदालत काठमाडौँबाट भागे थुनुवा
काठमाडौँ । काठमाडौं जिल्ला अदालत परिसरबाट एक जना थुनुवा फरार भएका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएका हुन् ।
उनलाई डलर देखाएर लुटपाट गरेको अभियोगमा प्रहरी वृत्त, स्वयम्भुले पक्राउ गरी थुनामा राखेको एसपी कुमोध ढुंगेलले जानकारी दिए । उनले भने, ‘फरार खड्काको खोजी गरिरहेका छौं ।’
