वन ऐन संशोधनका लागि सरोकारवालासँग छलफल
मकवानपुर । वन ऐन संशोधनका लागि सरोकारवालासँग छलफल गरिएको छ । मनहरी गाउँपालिकाको सहकार्य र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल मकवानपुर जिल्ला कार्यसमितिको आयोजनामा छलफल कार्यक्रम सञ्चालन भएको हो ।
स्थानीय समुदाय र आदिवासी जनजातीको अधिकार सुनिश्चितताको लागि आवश्यक भएमा पहिले लागू गरिएको स्थानीय वन ऐन संशोधनमा स्थानीय सरकारसँग सल्लाह सुझाव लिने उद्देश्यले कार्यक्रमको आयोजना गरीएको वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईंले जानकारी दिए ।
मनहरी गाउँपालिकाभित्र रहेका वन समितिका प्रतिनिधिहरुको सहभागितामा आयोजित कार्यक्रममा वन जंगलको क्षेत्रमा स्थानीय सरकारले गर्नुपर्ने कृयाकलाप र प्राविधिक कर्मचारी नियुक्त गरी स्थानीय स्तरबाटै गुणस्तरीय सेवा प्रवाह गर्नुपर्ने विषयहरुमा महासंघले सुझाव दिएको छ ।
छफफल कार्यक्रममा पालिका उपाध्यक्ष सीता पुलामी, प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, ३ नं वडा अध्यक्ष अनन्त प्रकाश अर्याल, ७ नं वडाका कार्यवाहक अध्यक्ष नवराज सुवेदीलगायत कार्यपालिका सदस्य तथा वडा सदस्यहरुको उपस्थिती थियो ।
