हेटौंडामा मोटरसाइकलले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु

तु खबर संवाददाता
२०८० पुष १८, बुधबार ०९:५७
सांकेतिक तस्वीर

हेटौंडा । मकवानपुरमा मोटरसाइकलले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु भएको छ ।

मृत्यु हुनेमा डडेल्धुरा स्थायी घर भई हाल बागमती प्रदेश प्रहरी गण हेटौंडामा कार्यरत २५ वर्षीय प्रहरी जवान बिनोद एडी रहेका छन् ।

आज विहान ०६ः४० बजेको समयमा हेटौडा उपमहानगरपालिका वडा नम्वर ११ थानाभर्याङस्थित पूर्वपश्चिम सडकखण्डमा हेटौडा तर्फबाट नवलपुरतर्फ जादै गरेको ना.४३ प २२२ नम्वरको मोटरसाइकलले पि.टि. दौडिँदै गर्दा एडीलाई ठक्कर दिएको र सोही घटनामा गम्भीर घाइते हुनुभएका एडीको हेटौंडा अस्पतालमा उपचारको क्रममा आज विहानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।

उक्त घटना पश्चात् मोटरसाइकलसमेत अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालक हेटौडा उपमहानगरपालिका वडा नम्वर ४ हुप्रचौर निवासी ४१ वर्षीय लक्ष्मण लामासमेत गम्भीर घाइते भएको र उनको उपचारको लागि मेडिकल कलेज चितवन लगिएको प्रहरीले जनाएको छ ।