बहुमुखी क्याम्पस सञ्चालन सहयोगार्थ घलानको २ लाख सहयोग
हेटौंडा । नेपाल तामाङ घेदुङ, मकवानपुर जिल्ला समन्वय समिति अध्यक्ष तथा नेपाली काँग्रेस मकवानपुर जिल्ला सदस्य कालू घलानले बहुमुखी क्याम्पस सञ्चालन सहयोगार्थ नगद २ लाख ५ हजार ५ सय ५५ रुपैयाँ दान गरेका छन् ।
घलानले मंग्लवार मकवानपुरको बकैया गाउँपालिका ३ नं. वडा हात्तीसुँडे स्थित श्री बुद्ध माद्यामिक विद्यालयद्वारा आयोजित श्री श्रीमद्भागवात महापुराण सप्ताह ज्ञान महायज्ञ कार्यक्रममा बहुमुखी क्याम्पस सञ्चालन सहयोगार्थ रकम दान गरेका हुन् ।
बकैयाका विद्यार्थीलाई विगत र वर्तमानमा उच्च शिक्षा हासिल गर्न हेटौंडामा कोठा लिएर बस्नुपर्ने बाध्यात्मक परिस्थिति रहेकोले भबिस्यमा त्यो अवस्था सृजना नहोस् भन्ने हेतुले आफुले आफ्नो गक्ष अनुसार सहयोग गरेको घलानले बताए । आफ्नो जन्म थलोको रुपमा रहेको पालिकामा बहुमुखी क्याम्पस बन्न लागेकोमा सबै पालिकाबासीलाई बधाई ज्ञापन गर्दै घलानले खुसी व्यक्त गरे ।
उनले चेतनाको मुल स्रोत नै शिक्षा रहेको बताउँदै विद्यार्थीको शिक्षामा सबलता ल्याउन अभिभावकको मुख्य जिम्मेवारी रहने बताए ।
