नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

तु खबर संवाददाता
२०८० पुष १६, सोमबार ०९:३३

हेटौंडा । नगरस्तरीय बाल समूह संजालको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

शनिवार संजालका अध्यक्ष सौरज देवकोटाको अध्यक्षता तथा उपमहानगरकी मेयर मिना लामाको प्रमुख आतिथ्यतामा प्रतियोगिता भएको थियो ।

प्रतियोगितामा १० नम्वर वडाका प्रतियोगिहरु प्रथम, १७ नम्वर वडाका प्रतियोगिहरु द्वितीय, ४ नम्वर वडाका प्रतियोगिहरु तृतीय र वडा नम्वर ११ का प्रतियोगिहरुले सान्त्वना स्थान हाँसिल गरेका थिए ।

कार्यक्रममा उपमहानगरका उपमेयर राजेश बानियाँ, महिला तथा बालबालिका महाशाखा प्रमुख विष्णुकुमारी लामिछाने, बालमैत्री वडा सम्पर्क व्यक्तिहरु, वडा सहजकर्ताहरु, वडास्तरीय बालसमूह संजालका प्रतिनिधिहरु, नगर सजांलका प्रतिनिधिहरु, विभिन्न संघ सस्थाका प्रमुख एवंम प्रतिनिधिहरुलथायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।