सिन्धुलीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु
सिन्धुली । सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।
सोमबार विहान सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहरेटारमा मन्थलीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश–०१–००६ ख ४५९३ नम्बरको बसले बा ६० प ३५४५ नम्बरको मोटरसाइलकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार एक महिलाको घटनास्थलमै मृत्यु भएको हो ।
घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएको र उनलाई उपचारका लागि अस्पताल लगिएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ ।
