नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने समय तालिका परिवर्तन
चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा बन्द हुने भनिएकोमा बन्द हुने समय तालिका परिवर्तन गरिएको छ ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन) ले एक सूचना जारी गर्दै समय तालिका परिवर्तन भएको जनाएको छ ।
तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि शनिबारदेखि दैनिक ४ घण्टा सवारीसाधन रोकिँदै आएको छ । बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन रोक्ने भनिएता पनि सो समय तालिका परिवर्तन भएको जनाइएको छ ।
परिवर्तित समयअनुसार दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडकखण्ड बन्द गरिने भएको छ ।
