सन्दीप लामिछानेको मुद्धा हेर्दाहेर्दैमा

तु खबर संवाददाता
२०८० पुष ८, आईतवार १७:००
file-photo

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्धाको सुनुवाइ नसकिएका कारण हेर्दाहेर्दैमा राखिएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइ आज नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको हो ।

क्रिकेटर लामिछानेमाथि नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा मुद्धा दर्ता गरिएको छ ।