हेटौंडा चिकित्सक कुटपिट प्रकरणमा पक्राउ परेका स्याङ्तान धरौटीमा रिहा
मकवानपुर । जिल्ला अदालत मकवानपुरले चिकित्सकमाथि कुटपिट गरेको आभियोगमा पक्राउ परेका हेटौंडा–१२ का ३६ वर्षीय सुवास स्याङ्तानलाई धरौटीमा रिहा गरेको छ ।
गत भदौं २७ गते हेटौंडा उपमहानगरपालिका–१ स्थित सन्चो हस्पिटलमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको घटनामा संलग्न रहेको अभियोगमा बुधबार पक्राउ परेका स्याङ्तानलाई धरौटीमा रिहा गरिएको हो ।
स्याङ्तान २ लाख रुपैयाँ धरौटीमा रिहा भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
उक्त घटनामा पक्राउ परेका रमा प्रधानलाई २ लाख ५० हजार रुपैयाँ तथा रमिला प्रधान, रोहन प्रधान, अनुप प्रधान, जीवन लामा तथा सुनिल पाख्रीनलाई जनही २–२ लाख रुपैयाँ धरौटीमा रिहा गरिएको थियो । उनीहरुलाई बुधबार रिहा भएका हुन् ।
उक्त घटनामा संलग्न १३ जनाविरुद्ध परेको उजुरीमा अझै ६ जना फरार रहेको र उनीहरुको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
