अध्यक्ष पुडासैनीको पहलमा आश्रममा आश्रितको स्वास्थ्य परीक्षण

मकवानपुर । सञ्चो हस्पिटल प्रालिले शनिबार हेटौंडामा रहेको मानव सेवा आश्रममा आश्रित व्यक्तिहरको स्वास्थ्य चेकजाँच गरेको छ । विशेषज्ञ डाक्टरहरुसहित हस्पिटलले आश्रममा निः शुल्क स्वास्थ्य परीक्षण गरेको हो ।
गत जेठ २३ गते हस्पिटलको अध्यक्षमा विजय पुडासैनी सर्वसम्मत चयन भएसंगै पुडासैनीले गरिब र असहायलाई सहुलियत र निःशुल्क उपचार सेवा प्रदान गर्ने प्रतिवद्धता दिए अनुसारको कार्यको थालनी गरेको पुडासैनीले जानकारी दिए ।
उनका अनुसार अस्पतालले प्रत्येक महिना आश्रममा आश्रितहरुको स्वास्थ्य परीक्षण गर्नेछ । अस्पतालले महिनाको दोस्रो शनिबार मानव सेवा आश्रमै पुगेर निः शुल्क स्वास्थ्य परीक्षण गर्ने र हरेक पटक विशेषज्ञ पनि फरक फरक लैजाने पुडासैनीले बताए । उनका अनुसार अस्पतालले प्रत्येक शनिबार विभिन्न स्थानमा स्वास्थ्य परीक्षण शिविर सञ्चालन गर्ने गरी तयारी गरिरहेको छ ।
अस्पतालले २ सय जनामा गरिएको निःशुल्क स्वास्थ्य परीक्षण गरिएकोमा धेरैमा मुटुको समस्या, मानसिक समस्या, हाडजोर्निको समस्या देखिएको छ । आश्रममा २० जना बालबालिका, ७० महिला र १ सय १० पुरुषका आश्रित छन् ।