सिंहदरबारमा संवैधानिक परिषद्को बैठक जारी
काठमाडौं । सिंहदरबारमा संवैधानिक परिषद्को बैठक हाल जारी छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन प्रधानमन्त्री कार्यालयमा परिषद्को बैठक केहीबेर अघि सुरु भएको हो ।
गत मंगलबार पहिलो पटक बैठक बसे पनि कुनै निष्कर्षमा पुग्न सकेको थिएन । बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने तयारी छ ।
आगामी साउन २० गतेदेखि हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिँदैछ ।
