निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्नेलाई १५ हजार रुपैयाँ जरिवाना

तु खबर संवाददाता
२०८० श्रावण ९, मंगलवार १८:२८

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने २ हजार ४३५ उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको छ ।

आयोगले तोकिएको समयभित्र निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने प्रतिनिधि सभातर्फका १ हजार ३७ जना र प्रदेश सभातर्फका १ हजार ३९८ गरी कुल २ हजार ४३५ जना उम्मेदवारहरूलाई जरिवाना गर्ने निर्णय गरेको हो ।

आयोगले उनीहरुलाई जनही १५ हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको हो । जरिवाना लागेका उम्मेदवारले ३५ दिनभित्र राजस्व दाखिला गरी सोको भौचर सहितको निवेदन निर्वाचन आयोग वा सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्न आदेश दिने निर्णय पनि भएको छ ।

निर्वाचन खर्चको विवरण ७ (सात) दिनभित्र सार्वजनिक गरी सोको जानकारी सम्बन्धित निर्वाचन कार्यालयमा ७ (सात) दिनभित्र निवेदन सहित पेश गर्न पुनः आदेश दिने निर्णय पनि भएको आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab