‘सरकार सत्ता टिकाउने काममा लागि परेको छ’

तु खबर संवाददाता
२०८० असार ८, शुक्रबार १८:१७
file-photo

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार सत्ता टिकाउने काममा लागि परेको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, राष्ट्रपति कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, राष्ट्रिय योजना आयोगको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै  उनले यस्तो बताएका हुन् ।

उनले सत्ता टिकाउनकै लागि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सत्तारुढ दल भित्रै अर्को गठबन्धन बनाउनु परेको, नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई कमजोर बनाउँदै लगेको, भारत भ्रमणलाई ठूलो उपलब्धिको रुपमा चित्रण गर्न प्रयास गरेको आरोप लगाए ।

उनले आफूले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनका लागि संसदीय विशेष समिति गठन गर्न माग गरे पनि सरकारले बेवास्ता गरेको उल्लेख गरे ।