बागमती प्रदेश सभामा आर्थिक सर्वेक्षणको प्रस्ताव पेश

तु खबर संवाददाता
२०८० जेष्ठ ३२, बिहीबार १६:०७

मकवानपुर । बागमती प्रदेश सभाको आज अपराह्न बसेको बैठकमा आर्थिक सर्वेक्षण २०७९/०८० को प्रस्ताव पेश भएको छ । बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामा (तामाङ) ले उक्त आर्थिक सर्वेक्षणको प्रस्ताव पेश गरेका हुन् ।

मन्त्री लामाले आर्थिक सर्वेक्षण पेस गरेलगत्तै सभामुख भुवनकुमार पाठकले अर्को बैठक भोलि असार १ गते अपराह्न ३ बजे बस्ने गरी बैठक स्थगित गरे ।

भोलि बस्ने प्रदेश सभामा आर्थिक मन्त्री लामाले सरकारको तर्फबाट आर्थिक वर्ष २०८०/०८१ को लागि बजेट सार्वजनिक गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।