बागमती प्रदेश सभा : आज पनि नीति तथा कार्यक्रममाथि छलफल

तु खबर संवाददाता
२०८० जेष्ठ १८, बिहीबार ०७:५९

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज पनि बस्दैछ । बैठक आज बिहान १०ः३० बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।

बैठकमा बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।

यसअघि बुधबार बसेको बैठकमा पनि सत्तापक्ष र प्रतिपक्ष दलका २० जना सांसदहरुले आ–आफ्नो सुझावहरु दिएका थिए । आजको बैठकमा पनि बाँकी सदस्यहरुले सुझाव दिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

उक्त नीति तथा कार्यक्रममाथि बुधबारबाट छलफल प्रारम्भ भएको हो ।