तीन दिन म्याद थपिएसँगै टोपबहादुरको बयान सुरु
काठमाडौं । जिल्ला अदालत काठमाडौंबाट तीन दिनको म्याद थपिएसँगै पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको बयान सुरु भएको छ ।
नक्कली भुटानी शरणार्थी प्ररकणमा आईतबार पक्राउ परेका रायमाझीको सरकारी वकिलको कार्यालयमा बयान सुरु भएको हो ।
उनलाई यो प्रकरणमा सम्बन्धित रहेर बयान गराइएको हो । आजै पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पनि बयानका लागि सरकारी वकिलको कार्यालय काठमाडौंमा लगिएको थियो । उनको बयान अझै पूरा नभएकाले मंगलबार पनि जारी रहने बताइएको छ ।
खाणको बयानपछि टोपबहादुरसँग बयान लिन थालिएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।
